आठ वर्षपछि साझा सहकारीको साधारणसभा भोली, सेयर सदस्यबाट तीन जना सदस्यका लागि निर्वाचन हुने
काठमाडौं । प्रमुख तीन राजनीतिक दलनिकट सांस्कृतिक मोर्चाले शनिबार हुने साझा प्रकाशन सहकारीको तेइसौँ साधारणसभामा आफ्ना तर्फबाट तीन सञ्चालक सदस्य पदको निर्वाचनमा संयुक्त उम्मेदवारी घोषणा गरेका छन् ।
आर्थिकरुपमा डुबेको साझा प्रकाशनलाई माथि उठाउन तथा वर्तमान सङ्क्रमणकालीन अवस्थामा साझा बचाउ अभियानका अभियन्ताका रुपमा डा विजय सुब्बा, डा जीवनचन्द्र कोइराला र हरिहर खनाललाई समर्थन गरिएको ती संस्थाले आज जारी गरेको अपिलमा उल्लेख छ ।
नेपाली लेखक सङ्घका अध्यक्ष डा विष्णुविभू घिमिरे, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र एकीकृत राष्ट्रिय जनसांस्कृतिक महासङ्घका इन्चार्ज आहुति (पूर्णभक्त दुलाल)ले हस्ताक्षर गरेको अपिलमा तीन उम्मेदवारलाई विजयी गराउन आग्रह गरिएको हो ।
सेयर सदस्य मध्येबाट निर्वाचित हुने तीन सदस्यमा सर्वसम्मतिको प्रयास सफल नभएपछि चारजनाको उम्मेदवारी परेको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए । करिब एक हजार ५०० सदस्य रहेको सहकारी संस्था आर्थिक रूपमा डुबेका कारण आठ वर्षपछि सभा तय गरिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
