नेपाल लायनले १० प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड त्रिपुरेश्वर, काठमाडौंले सदस्यहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाका अध्यक्ष कुबेर बहादुर राउत क्षत्रीको अध्यक्षतामा सम्पन्न पन्ध्रौं बार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।
सभामा अध्यक्ष राउतले गत बर्षको तुलनामा आ.ब. २०७१÷०७२ मा सेयर पूँजीमा १०.८१ प्रतिशतले बृद्धि भई ३ करोड १४ लाख ९७ हजार भएको जानकारी गराए । त्यसैगरी निक्षेप संकलन २० करोड ९२ लाख ३५ हजार पुगेको, कर्जा लगानी २२ करोड ७१ लाख ८१ हजार गरेको र खुद नाफा ४२ लाख ५६ हजार भएको अध्यक्ष राउतले बताए ।
साथै सभाले कुबेर बहादुर राउत क्षत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समितिको पनि चयन गरेको छ । उपाध्यक्षमा बाबुराम अधिकारी, सचिबमा सुरेन्द्र राउत क्षत्री, सदस्यहरुमा बालकृष्ण उपाध्याय, भोजबहादुर ढकाल, रामचन्द्र भण्डारी, माधबप्रसाद शिवाकोटी रहेका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा देबराज सुवेदी र सदस्यमा प्रमिला थापा र मुकुन्द प्रसाद शिवाकोटी रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
