आइतबारदेखि देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली
काठमाडौं । सरकारले आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको हो ।
अत्यावश्यकीय सवारीसाधनको रुपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागू नगरिने उनले जानकारी दिए ।
यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असरप्रति संवेदनशील हुँदै आपूर्ति सहज गराउन सरकार प्रत्यनशील रहेको र आपूर्तिमा सुधार नभएसम्मको लागि धैर्य गरी पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यकरुपमा सञ्चय नगरिदिनु हुन सबैमा अनुरोध गरेको छ ।
पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको सहज आपूर्तिमा कठिनाइ उत्पन्न भएकाले जोरबिजोर प्रणाली लागू गरिएको प्रवक्ता ढकालको भनाइ थियो ।
सरकारले पेट्रोलियम पदार्थको सकभर कम प्रयोग गर्नसमेत सर्वसाधारणमा आग्रह गरेको छ ।
पेट्रोलियम पदार्थको कालोबजार र कृतिम अभाव नगर्न आग्रह गर्दै सो गरेको पाइए कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
