२१ कात्तिक २०८३, शनिवार

सहकारीकर्मीहरुद्वारा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल अभिनन्दित

२०७२ असोज ९, शनिवार
सहकारीकर्मीहरुद्वारा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल अभिनन्दित

काठमाडौं । सहकारीमैत्री संविधान ल्याउन सहयोग पुर्याएकोमा युवा तथा खेलकुद मन्त्री एवम् स्थानीय सभासद पुरुषोत्तम पौडेललाई बारा जिल्लाका सहकारीकर्मीहरुले अभिनन्दन गरेका छन् ।
शनिवार समाजसुधार कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको अवसरमा मन्त्री पौडेललाई अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले संविधानले सबै नेपाली जनताको भावना समेटेको र यसको पूर्ण कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने बताए । पौडेलले नेपालको संविधान सहकारीमैत्री भएको बताउदै सहकारीहरु आम नागरिकलाई उद्यमी बनाएर सामाजिक रुपमा एकतावद्ध भएर लाग्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले संविधानले सार्वजनिक, निजी र सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने उदघोष गरेकोले सोही भावना अनुरुप अघि बढनका लागि ऐन, कानून र अभ्यासहरु लागु गर्न सरकारसंग मांग गरे ।

अभिलेख

लोकप्रिय