केदारनाथ साकोसको १० औं साधारणसभा सम्पन्न, १० प्रतिशत शेयर लाभाशं दिने
दार्चुला । श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था (केदारनाथ साकोस) अपी ११, दार्चुलाको १० औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष किसन सिह कुवरको अध्यक्षता भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल प्रमुख अतिथि रहेका थिए ।
संस्थाले सदस्यका छोराछोरीहरु मध्ये प्रवेशिका परिक्षमा उत्कृष्ट नम्बर प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाई समेत पुरुस्कार प्रदान गरेको थियो । सभाले आर्थिक वर्ष २०७१/०७२ को लेखापरीक्षण प्रतिवेदन, आ.व. २०७२/०७३ को वार्षिक कार्यक्रम तथा बजेट पारित, आ.व.२०७२/०७३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने निर्णयहरु पारित गरेको छ । साथै अध्यक्षको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । संस्थाले सदस्यलाई १० प्रतिशत शेयर लाभाशं दिने निर्णय समेत पारित गरेको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलेले सहकारी ऐन, नियमावली, मापदण्ड अनुसारनै संस्था संचालन भएकोले आगामी दिनमा समेत नीति नियम बमोजिम संचालन गरी निम्न आय स्तर भएका सदस्यहरुलाई सेवा प्रदान गर्न सुझाव दिए ।
२०७२ भदौ सम्म संस्थामा एक हजार २ सय ५६ जना सदस्य आवद्ध भएका छन् । संस्थाको ३१ लाख ३३ हजार ९ सय शेयर पुँजी रहेको छ २०७२ भदौ सम्म संस्थाले १ करोड ३९ लाख ९ हजार ९ सय ३३ बचत संकलन गर्न सफल भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
