२१ कात्तिक २०८३, शनिवार

दिदीबहिनी साकोस : उत्कृष्ठ सहकारीको पहिचान (हेर्नुहोस् ६ फोटो)

२०७२ असोज ८, शुक्रबार
दिदीबहिनी साकोस : उत्कृष्ठ सहकारीको पहिचान (हेर्नुहोस् ६ फोटो)

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था (दिदीबहिनी साकोस)ले जिल्लाकै उत्कृष्ठ सहकारीको रुपमा पहिचान बनाएको छ ।

बचत तथा ऋणको कारोबार संगै सामाजिक कार्य सक्रिय यस संस्थाले दुःखमा परेका सदस्य तथा समुदायलाई निरन्तर सहयोग गर्दै आएको छ ।

संस्थाको हालै सम्पन्न चौथो साधारणसभाको अवसरमा संस्थाले सञ्चालन गरेको मुठीदान कार्यक्रम मार्फत मुदीका चार घरपरिवार पहिरो पिडितलाई एक/एक सेट विस्ताना सहयोग गरेको छ । यसको अलवा संस्थाको नियमित कार्यक्रम मुठीदानबाट आपत्त/विपत्तमा परेका सदस्य तथा समुदायलाई सहयोग गर्दै आएको छ ।

भदौ २६ गते सम्पन्न चौथो साधारणसभामा दिइएको जानकारी अनुसार संस्थाले आर्थिक वर्ष २०७१/०७२ मा तीन करोड ११ लाख ५४ हजार १५७ रुपैया निक्षेप संकलन गरी तीन करोड ४३ लाख ५४ हजार ६ सय ३६ रुपैँया लगानी गरेको छ । सोही लगानीबाट संस्थाले तिन लाख ९४ हजार ३ सय ८० रुपैया मुनाफा गरेको छ ।

didibahini sahakari6 didibahini sahakari2 didibahini sahakari3 didibahini sahakari4 didibahini sahakari5

अभिलेख

लोकप्रिय