२१ कात्तिक २०८३, शनिवार

दीगो सहकारी अभियानले मुलुकको आर्थिक समृद्धि र सामाजिक एकताको नेतृत्व गर्ने

२०७२ असोज ७, बिहिबार
दीगो सहकारी अभियानले मुलुकको आर्थिक समृद्धि र सामाजिक एकताको नेतृत्व गर्ने

सर्लाही ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले दीगो सहकारी अभियानले मुलुकको आर्थिक समृद्धि र सामाजिक एकताको नेतृत्व गर्ने बताएका छन् ।

सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सो¥हौं वार्षिकोत्सव तथा साधारणसभामा सम्वोधन गर्दै घिमिरेले सहकारी सुशासन र नियमनका लागि साकोस एकरुपता प्रणाली र एकीकरण अभियान अघि बढाउन जरुरी रहेको बताए ।
कार्यक्रममा सहकारी तथा गरीवी निवारण मन्त्रालयका सहसचिव सुदर्शन ढकालले सहकारी सुशासन र नियमनलाई प्रभावकारी बनाउने तयारी सरकारले गरेको बताए । सहकारी क्षेत्रमा देखिएका बेथिति र दण्डहिनताको अन्त्य गर्ने गरी सहकारी ऐन ल्याउने तयारी सरकारले गरिरहेको समेत बताए ।
त्यस्तै नेफ्स्कूनका सञ्चालक एवम् हरिवन फिल्ड कार्यालयका संयोजक कृष्ण पौडेलले सहकारी क्षेत्रलाई सम्वैधानिक रुपमा गरिएको सम्वोधन स्वागत गर्दै सोही अनुरुप कानून र नीतिनियम बनाउन आग्रह गरे ।

अभिलेख

लोकप्रिय