सभासद कोषबाट सहकारीलाई ४० लाख सहयोग, १० हजार वेरोजगार युवालाई शिपमूलक तालिम दिईने
काठमाडौं । स्वास्थ्य विकास सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त साधारण सभामा काठमाडौं ९ क्षेत्रका सभासद ध्यान गोविन्द रञ्जितले सहकारी संस्थाको लागि आफ्नो सभासद कोषबाट सहकारीलाई हितोपयोगी कार्यक्रमहरु गरेवापत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै सभासद रञ्जितले उक्त सहकारीले गरेको कार्यक्रम अरु सहकारीले गरेको कार्यक्रम भन्दा पृथक भएकाले सहयोग गर्नु पर्ने बताए । ‘विचार जे सुकै भएपनि म जनताको प्रतिनिधि हुँ । त्यसको हैसियतले विगतमा ४० लाख रुपैयाँ निकासा गरी सहयोग गरेको हुँ ।’ उनले भने ।
त्यसैगरी कृषि सेवा केन्द्र कलंकीका प्रमुख देवी प्रसाद सेढाइले सहकारीले यसै आवमा कृषि क्षेत्रमा लगानी र कार्यक्रम ल्याएकाले कृषि क्षेत्रको विकासको लागि आफ्नो तर्फबाट सक्रिय सहयोग पु¥याउने बताए । उक्त कार्यक्रममा सेढाईले सरकारले कृषि क्षेत्रको विकासको लागि बजेट र कार्यक्रमहरु अगाडि बढाइएकाले अबको कार्यक्रम ठोस रुपमा लैजाने बताए ।
त्यसैगरी पश्चिम भेगिए कृषक समन्वय समितिका अध्यक्ष पुष्पकाजी श्रेष्ठले सहकारीको कार्यक्रममा आफ्नो क्षमताले भ्याएसम्मको कार्यगत एकता गरी अगाडि बढ्ने र बजार व्यवस्थापन समेत सेवा पु¥याउने प्रतिवद्धता जनाए । कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष प्रदीप गौतमले आगामी दिनहरुमा संस्थाले हिजोका दिनहरुमा जस्तै १० हजार भन्दा बढी वेरोजगार युवा युवतीहरुका लागि रोजगार सिर्जना गर्न शिपमूलक तालिमको व्यवस्थापन गर्ने बताए । साथै गौतमले आफ्नो सहकारी संस्थाले कुनै निक्षेप संकलन नगरेको र शेयरबाट नै कार्यक्रमहरु निःशुल्क सञ्चालन भएकोले संस्थाले कुनै प्रकारको प्रलोभन नदिने बताए ।
संस्थाले रोजगार सिर्जना गर्ने उद्देश्यले विभिन्न शिपमूलक कार्यक्रमहरु गर्दै आएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
