सहकारी पत्रकार समाजद्वारा संविधानको स्वागत, नियमनकारी निकाय गठन गर्न माग
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले संविधानसभाबाट संविधान जारी भएकोमा स्वागत गरेको छ । २००७ साल अघिदेखि नै संविधानसभाबाट मुलुकको संविधान बनाउने नागरिक चाहना करिब ६८ वर्षपछि आएर पुरा भएकोमा सिजेएनले स्वागत गरेको हो ।
सिजेएनका अध्यक्ष डिल्ली प्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान जारी भए लगत्तै लामो राजनीतिक संक्रमण अन्त्य भई तिन खम्बे अर्थनीति मार्फत देशको आर्थिक समृद्ध तर्पm अगाडी बढ्ने अपेक्षा गरेका छौं ।’
नयाँ संविधानको कार्यन्वयनसंगै वित्तिय सहकारीको व्यवस्थापन र उत्पादनमुलक सहकारीहरुको विकास र प्रवद्र्धनमा गम्भिर भएर लाग्नुपर्ने सिजेएनको माग गरेको छ । ‘विशेष गरि बचत तथा ऋण सहकारी संस्थाहरुमा बढ्दै गएको अस्तव्यस्तताले वित्तिय क्षेत्रमा थप संकट निम्त्याउने खतरा समेत बढेको छ । यसका लागि वित्तिय सहकारीहरुको व्यवस्थापन, अनुगमन र नियमनका लागि दरिलो नियमनकारी निकाय गठन गरिनु अहिलेको आवश्यकता हो ।’ विज्ञप्तिमा भनिएको छ ।
आगामी दिनमा ल्याउने बजेट सहकारी मार्फत दुरदराजमा परिचालन हुने र त्यसको कार्यान्वयनमा ध्यान पुग्ने छ भन्ने अपेक्षा समेत सिजेएनले गरेको छ । यसैगरि मुलुकमा उत्पादनमुलक सहकारीको विकास र प्रवद्र्धनमा समेत युवालाई आकर्षित गर्न सिजेएनले संसद र सरकारको ध्यानाकर्षण गराएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
