२१ कात्तिक २०८३, शनिवार

सहकारी मैत्री नयाँ संविधान आज घोषणा हुँदै

२०७२ असोज ३, आईतवार
सहकारी मैत्री नयाँ संविधान आज घोषणा हुँदै

काठमाडौं । शासक र हुकुमको भरमा मुलुकको संविधान यस अघि पटक पटक बनेपनि आम जनताका प्रतिनिधिले बनाएको संविधान आज (आइतबार) घोषणा हुँदैछ ।

२००७ साल अघिदेखि नै संविधानसभाबाट मुलुकको संविधान बनाउने नागरिक चाहना करिब ६८ वर्षपछि आएर पुरा भएको हो । मुलुकमा गठन भएको दोस्रो संविधानसभाले निर्माण गरेको नयाँ संविधान आज बेलुकी ५ बजे एक भव्य राष्ट्रिय समारोहका बीच घोषणा हुँदैछ ।

मुलुकमा संविधान घोषणा हुने क्षणको ब्यग्र प्रतिक्षामा हिमालदेखि तराईसम्मका नेपाली प्रतिक्षारत देखिएका छन् । कतिपय संस्था, निकाय र व्यक्तिले संविधानमा हस्ताक्षर भएको क्षणदेखि नै दिपावली मनाएर संविधानको स्वागत गरिरहेका छन् ।

आज संविधान घोषणा हुने अवसरमा देशभर दिपावलीको तयारी गरिएको छ । काठमाडौंका ठूला महल, चोक, गल्ली, मठमन्दिर र घरहरुमा मात्रै होइन देशका गाउँ गाउँका नागरिक संविधान पाएको खुसी दिपावली गरेर मनाउन तम्तयार देखिएका छन् ।

यसै सन्दर्भमा देशभरका विभिन्न सहकारी संघ/संस्थाले नयाँ संविधानको स्वागत गरेका छन् । संविधान पाएको खुसी दिपावली गरेर मनाउने तयारी गरेका छन् । संविधानले सहकारी क्षेत्रलाई महत्वका साथ समेटेको छ ।

अभिलेख

लोकप्रिय