सहकारी मैत्री नयाँ संविधान आज घोषणा हुँदै
काठमाडौं । शासक र हुकुमको भरमा मुलुकको संविधान यस अघि पटक पटक बनेपनि आम जनताका प्रतिनिधिले बनाएको संविधान आज (आइतबार) घोषणा हुँदैछ ।
२००७ साल अघिदेखि नै संविधानसभाबाट मुलुकको संविधान बनाउने नागरिक चाहना करिब ६८ वर्षपछि आएर पुरा भएको हो । मुलुकमा गठन भएको दोस्रो संविधानसभाले निर्माण गरेको नयाँ संविधान आज बेलुकी ५ बजे एक भव्य राष्ट्रिय समारोहका बीच घोषणा हुँदैछ ।
मुलुकमा संविधान घोषणा हुने क्षणको ब्यग्र प्रतिक्षामा हिमालदेखि तराईसम्मका नेपाली प्रतिक्षारत देखिएका छन् । कतिपय संस्था, निकाय र व्यक्तिले संविधानमा हस्ताक्षर भएको क्षणदेखि नै दिपावली मनाएर संविधानको स्वागत गरिरहेका छन् ।
आज संविधान घोषणा हुने अवसरमा देशभर दिपावलीको तयारी गरिएको छ । काठमाडौंका ठूला महल, चोक, गल्ली, मठमन्दिर र घरहरुमा मात्रै होइन देशका गाउँ गाउँका नागरिक संविधान पाएको खुसी दिपावली गरेर मनाउन तम्तयार देखिएका छन् ।
यसै सन्दर्भमा देशभरका विभिन्न सहकारी संघ/संस्थाले नयाँ संविधानको स्वागत गरेका छन् । संविधान पाएको खुसी दिपावली गरेर मनाउने तयारी गरेका छन् । संविधानले सहकारी क्षेत्रलाई महत्वका साथ समेटेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
