२१ कात्तिक २०८३, शनिवार

साना किसान सहकारी मनहर्वाको सांगितिक जमघट, एकल महिलाहरु सम्मानित, तीनसय महिलालाई टिकापोते

२०७२ भदौ ३०, बुधबार
साना किसान सहकारी मनहर्वाको सांगितिक जमघट,  एकल महिलाहरु सम्मानित, तीनसय महिलालाई टिकापोते

बारा । हरितालिका तिजको अवसरमा साना किसान कृषि सहकारी संस्था, मनहर्वाले बडहर्वा चौकमा सांगितिक जमघट आयोजना गरेको छ ।
कार्यक्रममा संस्थाबाट दुईजना एकल तथा जेष्ठ नागरिक महिलाहरुलाई सम्मान गर्नुका साथै तीनसय महिलाहरुलाई एकएक थान टिकापोते प्रदान गरीएको छ । मनहर्वा गाविस वडा नं.५की ६८ बर्षीया पल्टनीया थरुनी र वडा नं. ८ की ६६ बर्षीया सञ्चमाया लमेनी सम्मानित भईन । उनीहरुलाई संस्थाकी अध्यक्ष नयनकला खड्का तथा उपाध्यक्ष फूलकुमारी बस्नेतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
करिब दुईहजार महिलाहरु सदस्य भएको संस्थाले हरेकबर्ष तीजको असरमा सांगितिक जमघट कार्यक्रमको आयोजना गर्दै आईरहेको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिईन । बर्षमा एकदिन गाउँभरिका महिला एकैठाउँमा जम्मा भएर खुशि साटासाट गर्ने, रमाईलो गर्ने वातावरण संस्थाले मिलाएको बताईन ।

अभिलेख

लोकप्रिय