२१ कात्तिक २०८३, शनिवार

सहकारी बैंकले भन्यो, 'रकम लुटिएको छैन'

२०७२ भदौ ३०, बुधबार
सहकारी बैंकले भन्यो, 'रकम लुटिएको छैन'

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्नो कुनै पनि शाखाबाट रकम नलुटिएका स्पष्ट पारेको छ । केही दिन अघि केही  मिडियाले “सहकारी बैंकको रकम लुटियो” नामक शिर्षक राखी विभिन्न  सम्प्रेषण गरेका थिए । बैंकले विज्ञप्ति जारी गरी उक्त समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रकम लुटिएको भनिएको महोत्तरीको बर्दिबास क्षेत्रमा यस बैंकको कुनै पनि शाखा कार्यालय छैन । समाचार यस बैंकसंग सम्बन्धित नभएको कुरा समेत सम्पूर्ण सदस्य सहकारी संघ/संस्था, सरोकारवाला निकाय तथा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गर्दछौ ।’

अभिलेख

लोकप्रिय