वितीय सङ्कटका कारण ११ सहकारी एकीकरण
झापा । झापाका ११ वटा सहकारी संस्थाबीच एकीकरण भएको छ ।
डिभिजन सहकारी कार्यालय झापाले दिएको जानकारीअनुसार कार्य क्षेत्र एउटै, कारोबार उस्तै र वित्तीय सङ्कटका कारण जिल्लाका ११ वटा सहकारी कार्यालय संस्था एकीकरण भएका हुन् । सयपत्री बचत तथा ऋण सहकारी संस्था र व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था भएको छ ।
त्यस्तै सतासी महिला कृषि सहकारी र सतासी माहुरीपालन सहकारी संस्थाबीच एकीकरण हुँदै सतासी माहुरीपालन सहकारी संस्था भएको छ । भरोसा महिला बचत तथा ऋण सहकारी संस्थामेची नगर र परिचय महिला बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर परिचय महिला बचत तथा ऋण सहकारी संस्थामा परिणत भएको सहकारी डिभिजन कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले जानकारी दिए ।
त्यस्तै नागबेली कृषि सहकारी र अनमोल सुपारी सहकारीबीच एकीकरण भएर नागबेली सुपारी उत्पादन सहकारी संस्था तथा पतञ्जलि, मकालु र चन्द्रगढी बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।
त्यस्तै १० वटा सहकारी संस्थाको एकीकरणको तयारीमा रहेको पनि कार्यालयका प्रमुख पोखरेलले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
