२१ कात्तिक २०८३, शनिवार

सहकारी बैंकले अक्कुको सदस्यता पायो

२०७२ भदौ २९, मङ्गलबार
सहकारी बैंकले अक्कुको सदस्यता पायो

काठमाडौं । एसियाली ऋण महासंघ (अक्कु)को ३४ औं साधारण सभा थाईल्याण्डको बैंककमा सम्पन्न भएको छ । साधारण सभामा ३८ देशका ६०० भन्दा बढीको सहभागिता रहेको थियो । उक्त समारोहमा एशिया क्षेत्रका सदस्य देशका प्रतिनिधि सहित अस्ट्रेलिया, क्यानाडा, अमेरिका, जर्मनी लगायतका देशका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । उक्त फोरममा राष्ट्रिय सहकारी बैंक लिमिटेड लाई अक्कुको नियमित सदस्यमा चयन गरिएको छ । अक्कुका अनुसार १० देशका १३ संस्थाले मात्र पूर्ण सदस्यता प्राप्त गरेको छ ।

समारोहमा राष्ट्रिय सहकारी बैंकबाट अध्यक्ष रमेश प्रसाद पोखरेल, प्रबन्ध संचालक के.बि. उप्रेती, संचालक रामहरी बजगाईं सहित सदस्य सहकारी संघसंस्थाका १५ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

अभिलेख

लोकप्रिय