२१ कात्तिक २०८३, शनिवार

अब एसियाका जुनसुकै देशबाट बचत तथा ऋण सहकारीमा रकम जम्मा र निकाल्न मिल्ने

२०७२ भदौ २९, मङ्गलबार
अब एसियाका जुनसुकै देशबाट बचत तथा ऋण सहकारीमा रकम जम्मा र निकाल्न मिल्ने

काठमाडौं । एशियाली ऋण महासंघ (अक्कु)को वार्षिक कार्यशाला तथा साधारणसभा केही दिन अघि थाइल्याण्डको बैंकक शहरमा सम्पन्न भएको छ ।

कार्यशालामा एसिया लगायत ३९ देशहरुबाट करिब ६ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यशालाबाट महासंघको ३४ औं साधारण सभामा एशियाली बचत सहकारीहरुलाई एकरुपता प्रणालीमा लैजान विश्व व्यापी कम्प्युटर प्रविधिमा लैजाने रणनीति अवलम्बन गरिएको छ । यस नयाँ प्रविधिबाट बचत तथा ऋण सहकारीको सदस्यले जुनसुकै मुलुकबाट आफ्नो साकोसमा रकम जम्मा र जुन सुकै देशबाट निकाल्न सक्नेछन् । यसलाई ‘एशियन पेमेन्ट प्लेटफर्म’ नाम दिइएको छ ।

अक्कु एसियाका बचत तथा ऋण सहकारी संस्थाहरुको पथप्रदर्शन गर्ने र अभिभावकत्व प्रदान गर्ने हेतुले १९७१ मा स्थापना भएको हो ।

अभिलेख

लोकप्रिय