सहकारीको पहलमा ‘कोसेली घर’ सञ्चालन, के हो त ‘कोसेली घर’ ?
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका गोवरैयास्थित कञ्चनपुर कोसेली घर सहकारी संस्थाले ‘कोसेली घर’ सञ्चालन गरेको छ । कोसेली घर सहकारी र गावरैयाकै निङ्लाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा ‘कोसेली घर’ सञ्चालन गरिएको हो ।
कञ्चनपुरमा पहिलो पटक स्थापना गरिएको कोसेली घरमा स्थानीय उत्पादनलाई कोसेलीका रुपमा सुलभ मूल्यमा खरिदबिक्री गर्न सकिने कोसेली घर सहकारीका अध्यक्ष तेजसिंह कार्कीले बताए । उनका अनुसार कोसेली घरले स्थानीय उत्पादनको बिक्री वितरण र बजारीकरणमा सहयोग पु¥याउने छ । ‘कञ्चनपुरमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । पर्यटकलाई कोसेलीको रुपमा ‘मायाको चिनो’ के दिने भन्ने बारे अन्यौल हुने गरेको थियो,’ अध्यक्ष कार्कीले भने, ‘आयोजना संस्थाको अर्डर अनुसार सहकारीले स्थानीय स्तरमा प्राप्त कोसेलीको व्यवस्थापन गर्नेछ ।’
कोसेली सहकारीको नीतिगत व्यवथापन र निङ्लाशैनी सहकारीको भौतिक व्यवस्थापनमा कोसेली घर सञ्चालन गरिएको निङ्लाशैनी सहकारीका अध्यक्ष प्रेमसिंह भाटले बताए । ‘कोसेली घर व्यवस्थापनका लागि नेपाल उद्योग वाणिज्य महासंघबाट १ लाख रुपैयाँ र घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ,’ अध्यक्ष भाटले भने, ‘कोसेली घरले स्थानीय सीप र कलाबाट स्थानीय उद्यमीले उत्पादन गरेका वस्तु र कलाको बजारीकरणमा सहयोग पु¥याउने छ ।’ कोसेली घरमा विजयसालका गिलास, स्थानीय स्तरमा उत्पादित पापड, मह, घ्यू, केराका परिकार, स्थानीय जातका दाल बिक्री वितरणका लागि राखिएका अध्यक्ष भाटले बताए । उनका अनुसार कोसेली घरमा उपलब्ध हुने वस्तु र कलालाई विस्तारै बढाउँदै लगिने छ ।
कञ्चनपुरको आकर्षक पर्यटकीय स्थल दोधारा चाँदनी झोलुङ्गे पुल जाने बाटोमा रहेको कोसेली घरले झोलुङ्गेपुल हेर्न आउने पर्यटकलाई आकर्षित गर्ने निङ्लौशैनी उच्च माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरा सार्कीले बताए । जिल्लाभरि उत्पादन हुने वस्तुलाई कोसेली घरले बजारीकरण गर्नु सराहनीय काम भएको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था महेन्द्रनगरका सचिव गणेशबहादुर चन्दले बताएको कारोबार दैनिकमा खबर छ । जिल्ला विकास समितिको कार्यालय कञ्चनपुरका सामाजिक विकास अधिकृत भानदेव भट्टले सहकारीको विकासका लागि जिविसले सक्दो सहयोग गर्ने बताए । ‘सहकारीको विकास गर्नु सरकारी नीतिमै परेको विषय हो,’ भट्टले भने, ‘स्थानीय निकायले समेत कोसेली घरको विकासका लागि सहयोग गर्नेछ ।’
कोसेली घरले पर्यटकीय क्षेत्रको विकास लागि टी–सर्टको पछाडि प्रचारात्मक सन्देश लेखेर टी–सर्ट बिक्री गर्ने निङ्लाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमसिंह भाटले बताए । ‘कोसेली घरले ग्रामीण क्षेत्रका आमा समूहमा आवद्ध महिलाको सीप अभिबृद्धि र आयआर्जन बृद्धिमा समेत सहयोग पु¥याउँछ,’ अध्यक्ष भाटले भने, ‘कोसेली घरले स्थानीय उत्पादनमा बिक्री वितरण गरेपछि ग्रामीण क्षेत्रका महिलाहरु आयआर्जनतर्फ आकर्षित हुने छन् ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
