२१ कात्तिक २०८३, शनिवार

श्रोत परिचालन साकोसको अध्यक्षमा प्रदिप अधिकारी, १७ लाख ९९ हजार नाफा कमाउन सफल

२०७२ भदौ २८, सोमबार
श्रोत परिचालन साकोसको अध्यक्षमा प्रदिप अधिकारी, १७ लाख ९९ हजार नाफा कमाउन सफल

धादिङ । धादिङबेशी स्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था (श्रोत परिचालन साकोस)को १८ औं साधारणसभाले प्रदिप अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शनिबार भएको साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । संस्थाको पुरुष उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ र महिला उपाध्यक्षमा अम्बिाका अधिकारी चयन भएका छन् । त्यस्तै सचिवमा कविता थापा, कोषाध्यक्षमा रुद्र बहादुर खत्री, सहसचिवमा रामहरी अधिकारी रहेका छन् ।

त्यस्तै बालकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको छ । समितिको सदस्यहरुमा मदन श्रेष्ठ र सोमनाथ नेपाल रहेका छन् ।

dhading sahakariसंस्थाको गत आर्थिक वर्षमा शेयर पूँजी ६९ लाख २९ हजार ६ सय भएकोमा आ.व. २०७१/२०७२ मा ३१ लाख ४८ हजारमा वृद्धि भई कुल १ करोड ७७ हजार ६ सय पुगेको छ ।

१ हजार ३ सय ३५ जना शेयर सदस्य र ४ सय २ जना बालबचत कर्ता भएको संस्थाको कुल आम्दानी १ करोड २५ लाख ६९ हजार २ सय २४ रहेको छ । त्यस्तै कुल खर्च १ करोड ३ लाख १९ हजार ४ सय ७३ र कुल बचत २२ लाख ४९ हजार २ सय ५७ रहेकोमा १७ लाख ९९ हजार ७ सय नाफा हुन पुगेको छ ।

अभिलेख

लोकप्रिय