सहकारी मार्फत गोठदेखि ओठसम्म शुद्ध दूध पुर्याउने उद्देश्य
पाल्पा । गोठदेखि ओठसम्म शुद्ध दूध पु¥याउने उद्देश्यले सहकारीद्वारा रामपुरमा दुग्ध डेरी फार्मलाई मिल्क एनालाइजर वितरण गरिएको छ ।
सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले दूधको शुद्धता मापन गर्न अमृत दुग्ध भण्डारका सञ्चालक माधव आचार्यलाई मिल्क एनालाइजर वितरण गरेको हो । सहकारीको दुई लाख र रामपुर नगरपालिकाको ५० हजार सहयोग रकम पर्ने मिल्क एनालाइजर मेसिन वितरण गरिएको सहकारीका अध्यक्ष कृष्णकुमार अर्यालले बताए ।
रामपुरकै सबैभन्दा ठूलो दुग्ध डेरी फार्म रहेको अमृत दुग्ध भण्डारमा दैनिक १४५ लिटर दूध सङ्कलन हुने गरेको सञ्चालक आचार्यले बताए । विगत दुई वर्षदेखि पाँच लाखको लगानीमा दुग्ध डेरी फार्म सञ्चालन गरेका आचार्यले खर्च कटाएर मासिक रुपमा ३० हजार आम्दानी लिन सफल भएका छन्।
उनले रामपुर नगरपालिकाभित्र किसानको घरदैलोमा पुगी दूध सङ्कलन गरी फार्म सञ्चालन गरेको बताए । रामपुर नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम तिमिल्सिनाले डेरी फार्म सञ्चालक आचार्यलाई मिल्क एनालाइजर मेसिन वितरण गर्दै दूधको बिक्री मूल्य यकिन भए पनि खरिद मूल्य राष्ट्रियस्तरमै नतोकिएकाले दूधको शुद्धता मापन गरेर खरिद र बिक्री गर्ने बताउँदै खरिदकर्ता र विक्रेता नठगिन आग्रह गरे ।
रामपुर नगरपालिकाभित्र अहिले चारवटा दुग्ध डेरी फार्म सञ्चालनमा छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
