२१ कात्तिक २०८३, शनिवार

महिला सहकारीको कूल पुँजी १५ करोड

२०७२ भदौ २५, शुक्रबार
महिला सहकारीको कूल पुँजी १५ करोड

सिन्धुली । सिन्धुलीको ग्रामीण भेगमा सञ्चालित महिला सहकारीको पुँँजी १५ करोड पुगेको छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा स्थापना भएका २० गाविसका २० वटा सहकारीको पुँजी १५ करोड पुग्नु, बजार क्षेत्रमा सञ्चालित सहकारीको भन्दा राम्रो विकास भएको सहकारीकर्मीहरु बताउँछन् । ‘बजारमा सञ्चालित सहकारीको पुँजी ५ लाख, १० लाख मात्र छ’, सहकारीकर्मी विमला श्रेष्ठले भनिन्, ‘तर एउटा ग्रामिण क्षेत्रमा सञ्चालित सहकारीको पुँजी १ करोड पुगिसकेको छ ।’

२० गाविसमा २० वटै सहकारी सञ्चालनमा छन् भने १ हजार १९० समूह रहेका छन् । सहकारीहरुले ऋण लगानी गर्दा समूह मार्फत गर्ने गरेका छन् । २० वटा सहकारीको सेयर पुँजी ३ करोड रहेको छ भने जम्मा बचत ८ करोड रहेको छ । ऋण लगानी लगभग १३ करोडको हाराहारीमा पुगेको छ । सहकारीमा २० हजार सेयर सदस्य रहेका छन् भने ऋणी संख्या साँढे ६ सय रहेको कारोबार दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय