मिलीजुली सहकारीद्वारा प्रतिक्षालय निर्माण
दोलखा । मिलीजुली वचत तथा ऋण सहकारीले चरिकोट स्थित सातदोबाटो चोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । सहकारीले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा यात्रु प्रतिक्षालय निर्माण गरेको हो ।
सातदोबाटोको व्यस्त चोकमा यात्रु र बटुवालाई प्रतिक्षा गर्ने समेत ठाउँ नभएपछि सहकारीले प्रतिक्षालय बनाएको सहकारीका अध्यक्ष कृष्णबहादुर दाहालले जानकारी दिए । जिल्लाभरबाट आउने र गाउँ गाउँ जानेहरु समेत बसको पर्खाइमा सातदोबाटोमै बस्नु पर्ने भए तापनि ठाउँको अभाव थियो । सहकारीको आफ्नो व्यवसायका साथसाथै सामाजिक उत्तरदायित्व अन्र्तगत यस वर्ष यात्रु प्रतिक्षालय निर्माण गरेको उनले बताए ।
सातदोबाटोमा रहेको यात्रु प्रतिक्षालय बैशाख १२ को भुकम्पले ढलेपछि यात्रुलाई घामपानीबाट जोगिने ठाउँको समेत अभाव थियो । गैरास्वारा समाजबाट १५ वर्ष अघि निर्माण भएको प्रतिक्षालय पीलर राखेर निर्माण भएका कारण भुकम्पले ढलेको थियो । सोही ठाउँमा गैरास्वाराले पनि प्रतिक्षालय पुनः निर्माण गर्ने बताएको कारोबार दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
