२१ कात्तिक २०८३, शनिवार

सहकारीमा बचत गर्ने महिला बढी

२०७२ भदौ २४, बिहिबार
सहकारीमा बचत गर्ने महिला बढी

कालिकोट, २१ भदौ : जिल्लामा संचालित सहकारीहरुले ग्रामीण क्षेत्रमा आफ्ना शाखा बिस्तार गरेपछि महिलाहरुको बचत गर्ने बानीको विकास भएको छ । गाउँमा ऋण तथा बचत सहकारी र कृर्षि समूह गठन भएपछि यहाँका ग्रामीण इलाकाका महिलाहरुको बचत गर्ने बानीको विकास भएको हो ।

पुँजीगततर्फ ४ करोड २० लाख १५ हजार ३ सय ३२ रुपैयाँ लगानी गरिहेरहेको रातो गुराँस बचत तथा ऋण सहरकारी संस्थाले जिल्लाको नाग्मगाड, हुल्म र सदरमुकाम मान्ममा आफ्नो सहरकारीमा पनि पुरुषभन्दा महिला बचतकर्ता बढी रहेको जनाएको छ ।

जिल्लामा रहेका एक दर्जनभन्दा बढी कृषि सहकारी र ऋण तथा बचत सहकारीमा बचत गर्नेहरु पुरुषभन्दा महिला बढी रहेका रातोगुराँस बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक पिटर कार्कीले बताए । उनले भने, ‘यहाँ पुरुषभन्दा बढी महिलाहरुले बचत गर्ने गरेका छन् ।’

कार्कीका अनुसार रातोगुराँस बचत तथा ऋण सहकारी संस्थामा नियमित बचत गर्ने १ हजार ८०० सय जना मध्ये १ हजार ५५ जना महिला रहेको छन् । महिलालाई सानो ब्यापार, ब्यवसायका संग्लन गराउने सोचका साथ स्थापना भएको निर्धन उत्थान विकास बैंक कालिकोट शाखाबाट १ हजार ४९१ जना महिलाले बचत गर्ने गरेको र शाखाबाट ८३५ जना महिलाले सानो कर्जाको ऋण लिएको शाखाका प्रबन्धक संजय चौधरीले बताए । ‘महिलाहरुले साना व्यापार व्यवसायका लागि ऋण लिएका छन् ।’ उनले भने,–‘महिलाहरु बचत गर्ने बानीको विकास भएको छ ।’

त्यस्तै, हिमचुलि कृषि सहकारी संस्था लि.को ग्रामीण क्षेत्र रास्कोट शाखा स्थापना भएको दुई वर्षमा १ हजार ५०० सय जना महिलाहरु समूहमा बसेर लघुवित्त कार्यक्रम मार्फत बचत गर्ने गरेको रास्कोटका शाखा प्रबन्धक ऐडीले बताए । ‘सानो कर्जाका माध्यमबाट व्यवसाय गर्ने क्रम बढेको छ ।’ उनले भने,– ‘सानो बचत, सानो कर्जा र सानो व्यावसाय गरे आम्दानीका लागि महिलाहरुले बढी बचतमा ध्यान दिन थालेका छन् ।’

महिलाहरुले बचत तथा ऋण सहकारीका पैसा जम्मा गर्नु र ऋण लिनुमा साना व्यापार व्यवसाय गर्ने त्यसबाट आम्दानी लिने गरेका कारणले पुरुषभन्दा महिला बढी हुने ग्लोबल आइएमई बैंक शाखा कार्यालय कालिकोटका प्रबन्धक मन्दीप बरालले बताए । ‘सानो लगानीबाट घर ब्यबहार चलाउनुपर्ने यहाँका महिलाको बाध्यता छ ।’ उनले भने,–‘त्यो कारणले पनि पुरुषभन्दा महिलाहरुले बढी बचत गर्ने गरेका छन् ।’

जिल्लामा नवदुर्गा बचत तथा ऋण सहकारी संस्था, सुर्यमुखि ऋण तथा सहकारी संस्था, कालिका कृषि सहकारी संस्था र मालिका संचार सहकारी संस्था लगायतका संस्थामा महिलाहरुले बढी बचत गर्ने गरेको जनाएको कारोबार दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय