२१ कात्तिक २०८३, शनिवार

हाम्रो सहकारीको मुनाफा २६ लाख, आठ करोड २८ लाख ३९ हजार ६३५ लगानी

२०७२ भदौ २१, सोमबार
हाम्रो सहकारीको मुनाफा २६ लाख, आठ करोड २८ लाख ३९ हजार ६३५ लगानी

झापा । झापाको मेचीनगरस्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्था (हाबस)ले गत आव २०७१/७२ मा २६ लाख २३ हजार २ सय १८ मुनाफा गरेको छ ।

संस्थाले अघिल्लो आवको तुलनामा गत आवमा पाँच लाख ७७ हजार ९ सय ३० अर्थात् २८ दशमलव २ प्रतिशतले बढी मुनाफा आर्जन गर्न संस्था सफल भएको सहकारीका अध्यक्ष हरिचरण बानियाँले बताए ।

आव २०७०/७१ मा संस्थाको मुनाफा २० लाख ४५ हजार २ सय ८८ रहेको थियो । संस्थाको गत असार मसान्तसम्ममा ७ सय ४१ महिलासहित एक हजार ८ सय ३१ जना सेयर सदस्य रहेका छन् जसबाट एक करोड ७६ लाख १२ हजार ३ सय सेयर पुँजी सङ्कलन भएको छ ।

हाबसले गत आव २०७१/७२ मा पाँच करोड ७७ लाख ४७ हजार २०३ निक्षेप सङ्कलन र आठ करोड २८ लाख ३९ हजार ६३५ कर्जा लगानी गरेको छ ।

अभिलेख

लोकप्रिय