सेजन र एसआरसीएस बीच सम्झौता, आर्थिक पत्रकारलाई पूँजीबाजार तालिम दिइने
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सेक्युरिटिज रिसर्च सेण्टर एण्ड सर्भिसेज (एसआरसीएस) सँगको सहकार्यमा आर्थिक पत्रकारलाई निःशुल्क पूँजीबाजार सम्बन्धी तालिम दिइने भएको छ ।
सेजन र एसआरसीएसबीच सो सम्बन्धी समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । मझदारीपत्रमा सेजन अध्यक्ष गोकर्ण अवस्थी र एसआरसीएसका अध्यक्ष रविन्द्र भट्टराईले हस्ताक्षर गरे ।
सम्झौताअनुसार सेजनको सिफारिसमा एसआरसीएसले पत्रकारहरुलाई निःशुल्क तालीम दिने छ । सो तालीम सात दिनको हुने र त्यसमा स्टक मार्केटसम्बन्धी जानकारी, प्राथमिक र दोस्रो बजार, कम्पनी छनोटका साथै कम्पनीका विवरण हेर्ने तथा शेयर बजार सम्बन्धी समाचार लिने र बुभ्mने तरिकाहरुका बारेमा विस्तृतमा जानकारी दिइने भट्टराईले जानकारी दिए ।
त्यसैगरी, सो तालीमले सेजन सदस्यहरुको क्षमता विकासमा सहयोग पुग्ने अवस्थीको भनाइ थियो । सन् १९९८ मा स्थापना भएको सेजनमा नेपालका छापा, रेडियो, टेलिभिजन तथा अनलाईन माध्यममा कार्यरत २४९ आर्थिक पत्रकार सदस्य छन् । त्यस्तै, एसआरसीएसले पूँजीबजार सम्बन्धमा अध्ययन अनुसन्धान र तालीम सञ्चालन र पुस्तकलगायत सामग्री प्रकाशन गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
