एसियन इन्स्टिच्युट र लाओसको सरकारी संस्थावीच सम्झौतामा हस्ताक्षर
काठमाडौं । एसियन इन्सटिच्यूट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर (एआईडीआईए) नेपाल र लाओस परराष्ट्र विभाग अन्तरगतको सरकारी संस्था इन्सटिच्यूट अफ फरेन अफेयरवीच दुई पक्षीय आपसी लाभका विषयमा समन्वय गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
दुईपक्षबीच बिहीबार होटल ¥याडिसनमा आयोजित एक कार्यक्रमका वीच कुटनीति, सामाजिक र शान्ति अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीति, क्षेत्रिय र अन्तराष्ट्रिय विकास र साझा चासोका अन्य विषयमा सूचना र धारणा आदानप्रदान गर्ने विषयमा पनि सहमति भएको छ ।
समझदारी पत्रमा एसियन इन्सटिच्यूट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर (एआईडीआईए) का संस्थापक एवम् कार्यकारी निर्देशक सुनिल केसी र नेपालका लागि लाओसका राजदूत साउथन साकोनिनहमले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा हस्ताक्षर भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत साउथनले नेपाल जस्तो देशको एउटा प्रतिष्ठित गैरसरकारी संस्थासँग समन्वय गर्न पाउँदा आफूलाई खुशी लागेको वताए । उनले नेपाल आफू पहिलो पटक आएको र नेपाल आउनासाथ समन्वय गर्ने विषयमा सहमति भएको र कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा विकासका सवालमा आपसमा मिलेर अघि बढ्ने वताए ।
यस्तै एआईडीआईएका कार्यकारी निर्देशक सुनिल केसीले लाओसको विदेश मन्त्रालयसँग सम्बन्धित सरकारी निकायसँग सहकार्य गर्न पाएको र यसले आफ्नो संस्थालाई आगामी दिनमा अगाडि बढ्न थप हौसला प्रदान गरेको वताए ।
समझदारी पत्र अनुसार इन्सटिच्यूटको वैज्ञानिक, बौद्धिक र अनुसन्धानको क्षेत्रमा सुधार गरिने, दुवै पक्षबीच मित्रता र समझदारी प्रबद्र्धन गर्ने लगायतका ८ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
