बाबुराम भट्टराईले भने, ‘साझा र जनकलाई मर्न दिनुहुन्न’
नारायण पौडेल
काठमाडौं । एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले राज्यको धरोहरका रुपमा रहेका साझा प्रकाशन सहकारी संस्था र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मर्न दिन नहुने बताएका छन् ।
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा र केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झासँगको भेटमा पूर्वप्रधानमन्त्री डा भट्टराईले राज्यका निकायलाई कमजोर बनाएर निजी क्षेत्रलाई पोस्ने माफियाकरणविरुद्धका युद्धमा आफ्नो र पार्टीका तर्फबाट सहयोग हुने विश्वास पनि दिलाए । डा भट्टराईले आफू प्रधानमन्त्री भएका बेला प्रकाशनलाई शिक्षा मन्त्रालयको मातहतमा ल्याएको स्मरण गराउँदै यसलाई बचाएर नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा लाग्न आग्रह गरे ।
महाप्रबन्धक शर्माले भट्टराईको आश्वासनबाट आफूहरुले चलाइरहेको साझा बचाऔँ अभियान र राज्यका निकायबाट जनतालाई छिटो र सुलभ सेवा दिने अठोटमा बल पुगेको बताए ।
शिक्षामन्त्री चित्रलेखा यादवले गत साता विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन र बिक्रीवितरणमा ती निकायलाई पुनःएकाधिकार दिने निर्णय गरे पनि निजी क्षेत्रले विरोध गर्दै आएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
