२१ कात्तिक २०८३, शनिवार

सेजन अध्यक्षमा गोकर्ण अवस्थी निर्वाचित, कसले कति मत ल्याए ?

२०७२ भदौ ११, शुक्रबार
सेजन अध्यक्षमा गोकर्ण अवस्थी निर्वाचित, कसले कति मत ल्याए ?

त्यसैगरी कोषाध्यक्षमा भीम गौतम ९३ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी पुष्प दुलालले ६२ र राधिका ढकालले ५८ मत ल्याए ।

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्ष्यमा गोकर्ण अवस्थी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारण सभाले अवस्थीको नेतृत्वमा १० जना नयाँ कार्यसमिति चयन गरेको हो ।

अवस्थीले १ सय ९ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कुबेर चालिसेले ७८ र लोकबहादुर चापागाइँले २७ मत ल्याए।

त्यस्तै उपाध्यक्षमा पुष्पराज आचार्य १११ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी रमेश ढकालले ५५, बद्री गौतमले ३० र शरदचन्द्र भण्डारीले १७ मत ल्याए ।

महासचिवमा मोदनाथ ढकाल १०३ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी सुदर्शन सापकोटाले ८७ मत र अच्युत पौडेलले २७ मत ल्याए ।

सचिवमा रामराजा श्रेष्ठ ७६ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी आशिष ज्ञवालीले ५३, भुवन पौडेलले ३१, उद्धव थापाले ३०, सीताराम विलासीले २४ मत ल्याए ।

त्यस्तै सदस्यमा सरस्वती ढकाल (१८९), अनिल परियार (१७८), भागवत भट्टराई (१४२), सविन मिश्र (१२६) र सुजन ओली (१०६) मत ल्याई विजय भएका छन् ।

त्यस्तै सदस्यका प्रतिस्पर्धी सुदिप कुमार ढुंगानाले १०४ र सुरेन्द्र थापाले ८३ मत ल्याएका थिए ।

अभिलेख

लोकप्रिय