२१ कात्तिक २०८३, शनिवार

सुप्रिम सहकारीको ५ औं साधारणसभा सम्पन्न, २६ लाख राजश्व सरकारलाई बुझायो

२०७२ भदौ १०, बिहिबार
सुप्रिम सहकारीको ५ औं साधारणसभा सम्पन्न, २६ लाख राजश्व सरकारलाई बुझायो

काठमाडौं । ललितपुर स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ५ औँ साधारणसभा सम्पन्न भएको छ ।
गत शनिवार संस्थाका अध्यक्ष शिवदीप लोहनीको सभापतित्वमा सम्पन्न साधारणसभा संस्थाका जेष्ठ सदस्य श्याम कृष्ण खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

दुई करोड सात लाख २२ हजार सेयर पुँजी रहेको यस संस्थाले आर्थिक वर्ष २०७१/०७२ मा एक हजार ५३ जना सदस्यबाट १५ करोड ३९ लाख ६६ हजार बचत संकलन गरेको थियो । उक्त बचत संकलन गरी सोही आर्थिक वर्षमा ८३ जना सदस्यलाई १२ करोड २७ लाख ४२ हजार कर्जा लगानी गरेको संस्थाले जनाएको छ । संस्थाले सोही आर्थिक वर्षमा २६ लाख ३३ हजार राजश्व बापत सरकारलाई बुझाएको छ ।

देशको विद्यमान अन्यौलपूर्ण आर्थिक, सामाजिक तथा राजनैतिक अवस्थाको बामजुत पनि यस आर्थिक वर्षमा उल्लेख्य सफलता हासिल गर्न सफल भएको संस्थाका अध्यक्ष लोहनीले बताए । संस्थाले गत बैशाख १२ गते गएको शक्तिशाली भुकम्प पीडित महालक्ष्मी नगरपालीका (साविकको लामाटार गाविस) वडा नं २ र ३ का तेह्रविसे, पाटीको चौर र भाल्टार एवं कार्यविनाक नगरपालीका वडा नं १८ (साबिक डुकुछाप गाविस) समेतका १ सय २५ घर परिवारलाई एक लाख दुई हजार पाँच सय रुपैंया बराबरको खाद्य सामग्री र औषधि लगायतका सामनहरु वितरण गरेको संस्थाले जनाएको छ ।

सहकारीले सबै तहका सदस्यलाई लक्षित गरी विभिन्न बचत योजना र छिटो, छरितो एवं सरल व्याज दरमा कर्जा तथा सापटी (२४ घण्टा भित्रै) दिदै आएको छ । संस्थाले ३६५ दिनै सेवा प्रवाह (नगद जम्मा र भुक्तानी ), सन्ध्याकालीन काउण्टर, विप्रेषण सेवा, टेलीफोन तथा मोबाईल बिल भुक्तानी, रिचार्जको व्यवस्था, एडिएसएलको बिल भुक्तानी लगायतको सेवा सदस्यहरुलाई प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय