२१ कात्तिक २०८३, शनिवार

सहकारी मन्त्रालयमा सुर्दशन ढकाल

२०७२ भदौ १०, बिहिबार
सहकारी मन्त्रालयमा सुर्दशन ढकाल

काठमाडौं । सहकारी तथा गरीबी निवारण मन्त्रालयको सह–सचिवमा सुर्दशन प्रसाद ढकाल आएका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट उनी सहकारी मन्त्रालयमा सरुवा भएको हो ।

सहकारीखबर संग कुरा गर्दै ढकालले मन्त्रालयमा सोमबारबाट हाजिर हुने बताए । मन्त्रालयका सह-सचिव विष्णु पोखरेलको सरुवा भएपछि ढकाल आएका हुन् ।

सहकारी विभागका रजिष्ट्रार भैसकेका ढकाल यस क्षेत्रको शुसासन कायम गर्नेमा उनको योगदान हुने सहकारीकर्मीहरुले विश्वास गरेका छन् ।

अभिलेख

लोकप्रिय