२१ कात्तिक २०८३, शनिवार

सहकारीको साझेदारीमा उद्योग खोले अर्थतन्त्रले ठूलो फड्को मार्छ : बडाल

२०७२ भदौ ९, बुधबार
सहकारीको साझेदारीमा उद्योग खोले अर्थतन्त्रले ठूलो फड्को मार्छ : बडाल

काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष एवम् सभासद् केशव बडालले सहकारीको साझेदारीमा उद्योग खोले नेपालको अर्थतन्त्रले ठूलो फड्को मार्ने बताएका छन् ।

केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडको २२औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष बडालले राज्यले दुग्ध कम्पनीलाई अनुदान दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् बालकृष्ण खाँणले देशको आर्थिक समृद्धिका लागि कृषि उत्पादनका साथै सहकारीको विकासमा जोड दिनु पर्ने धारणा राखे ।

कार्यक्रममा सभासद् शक्तिबहादुर बस्नेत, पशुपति चौँलागाईँ, राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक बाबुकाजी पन्त, दुग्ध विकास संस्थानका महाप्रवन्धक गङ्गा तिमल्सेना लगायतले कृषि क्षेत्रको अनुदानलाई बढाउनुपर्नेमा जोड दिँदै सहकारीको साझेदारीमा उद्योग खोलेमात्र आर्थिक क्रान्ति पुरा हुने विचार व्यक्त गरे ।

संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले नेपाली बजारमा विदेशी पाउडरलाई जथाभावी भित्र्याएमा नेपाली कृषकले प्रतिस्पर्धा गर्न नसक्ने र दुध उत्पादनमा ठूलो मार पर्ने हुँदा त्यसतर्फ सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

देशभर ३४ जिल्लामा दुग्ध उत्पादक सहकारी सङ्घ र ८२१ वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् ।

अभिलेख

लोकप्रिय