महिला जागरण साकोसको १७ औं साधारण सभा सम्पन्न , झण्डै तीन करोडको कारोबार
मकवानपुर । महिला जागरण बचत तथा ऋण सहकारी संस्था (महिला जागरण साकोस)को साधारण १७ औं सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षमा सम्पन्न साधारणसभामा जिल्ला सहकारी संघ, मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका सञ्चालक बद्री प्रसाद लम्साल, डिभिजन सहकारी कार्यालय मकवानपुरका निमित्त प्रमुख चिरन्जीवि न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा संयोजक जयप्रकास घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक बद्री प्रसाद लम्साले देशभरी कै उत्कृष्ट सहकारी संस्थाको रुपमा राष्ट्रिय सहकारी संघबाट सम्मान तथा पुरस्कार पाउन सफल भएकोमा बधाई ज्ञापन गरेका थिए । यस साख जोगाई राख्न सबै सदस्यहरुको उत्तिकै दायित्व रहेको र सक्रियता पूर्वक संस्थाको गतिविधिमा निरन्तर लागि पर्न उनको भनाई थियो ।
आर्थिक वर्ष २०७१/०७२ को आर्थिक प्रतिवेदन गर्दै संस्थाकी कोषाध्यक्ष सरिता विकले यस आर्थिक वर्षमा २ करोड ९० लाख बराबरको भएको बताईन । संस्थामा एक हजार दुई सय ४८ सदस्य रहेका छन् । संस्थाले १ करोड ९६ लाख बचत संकलन गरी २ करोड ५२ लाख लगानी गर्न सफल भएको छ । ३० लाख ३२ हजार शेयर पुँजी रहेको यस संस्थाको ११ लाख १३ हजार जगेडा कोष रहेको छ ।
सभामा मानव सेवा आश्रमको भवन निर्माणार्थ प्रति सदस्य १० रुपैंयाका दरले उपलब्ध गराउने समेत निर्णय भएको छ । मानव सेवा आश्रमले सडक पेटीमा मानसिक सन्तुलन गुमाई कस्टकर जीवन बिताई रहेकाहरूको विगत ३ वर्ष देखि उपचार र संरक्षण गर्दै आईरहेको छ ।
कार्यक्रममा उत्कृष्ट ऋणी लक्ष्मी स्याङ्तान, उत्कृष्ट सदस्य यशोदा अधिकारी, उत्कृष्ट खुत्रुके बचत कर्ता भवानी सापकोटा, समूह सक्रिय महिला समूह, बाल बचत कर्ता र एस एलसी मा उत्कृष्ट अंक ल्याउने संदीपा लामिछाने र रोचक दहाल लाई पुरस्कार तथा सम्मान गरी छात्रवृत्ति समेत उपलब्ध गराएको छ ।
साधारणसभाका केही झलकहरु…
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार



