२१ कात्तिक २०८३, शनिवार

अधिकारीले भने, निजी क्षेत्रले सहकारीको विरोध किन गर्ने ?

२०७२ भदौ ५, शनिवार
अधिकारीले भने, निजी क्षेत्रले सहकारीको विरोध किन गर्ने ?

काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले निजी क्षेत्रले सहकारीको विरोध गर्नुको कुनै कारण नरहेको बताएका छन् । निजी क्षेत्रले सहकारीको विरोध गर्न छाडेर सहकार्यको भावनामाअघि बढ्नु पर्ने बताए ।

शनिवार मल्टी स्टार बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधारणसभामा बोल्दै पूर्व अर्थमन्त्री भरतमोहनअधिकारीले सहकारीहरुलाई मर्ज गरी व्यवस्थित बनाउन सरकार र अभियान लाग्नु पर्नेमा जोड दिए ।

सहकारी मार्फत गरीबी निवारण गर्न सकिने भएपनि सरकार र सहकारी क्षेत्रनै यस तर्फ केन्द्रीत नभएकोमा चिन्ता व्यक्त गरे । सरकारले नीति बनाई सहकारीलाई उत्पादनमुलक क्षेत्रमा केन्द्रीत गरी आयात प्रतिस्थापन र गरीबी निवारणमा लाग्नुपर्ने बताए ।

‘पछिल्लो समयमा सहकारीमा धेरै समस्या देखिएका छन्’ उनले भने, ‘कडा नीति,नियमन र अनुगमन गरी कडाई गर्नुपर्छ ।’ सहकारीले उत्पादन र सामाजिककार्यमाजोड दिनुपर्ने बताए ।

सहकारीले धेरै राम्रो काम गरेको र अझै धेरै कामगर्नुपर्ने बताए । अबका दिनहरु सहकारीलाई चुनौतीका साथै अवसर पनि रहेको अधिकारीको भनाई थियो ।

अभिलेख

लोकप्रिय