२१ कात्तिक २०८३, शनिवार

सुनसरीमा ५५ सहकारी थपिए

२०७२ भदौ ३, बिहिबार
सुनसरीमा ५५ सहकारी थपिए

सुनसरी । आर्थिक वर्ष २०७१/७२ मा ५५ वटा नयाँ सहकारी सङ्घ/संस्था दर्ता भएका छन् ।

सो आवमा सूचना तथा सञ्चार सहकारी सङ्घ एक र बचत तथा ऋण सहकारी संस्था १८, कृषि सहकारी संस्था ३२, स्वास्थ्य सेवा सहकारी संस्था एउटा, पशुपालन सहकारी संस्था एउटा र लघु उद्यम सहकारी संस्था दुई गरी ५५ वटा संस्था दर्ता भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीका सहकारी निरीक्षक श्यामप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार सहरी क्षेत्रमा सहकारी सङ्घ/संस्था दर्तामा रोक लगाएको कारण न्यून मात्रामा दर्ता भएको छ भने ग्रामीण क्षेत्रमा बढी मात्रामा दर्ता भएको छ । जिल्लामा हाल ६२७ वटा सहकारी सङ्घसंस्था रहेको कार्यालयको तथ्याङ्कले
देखाएको छ ।

अभिलेख

लोकप्रिय