२१ कात्तिक २०८३, शनिवार

किसान साकोस मुलुककै सर्वोत्कृष्ट सहकारी, कुन कुन सहकारी भए उत्कृष्ठ ?

२०७२ भदौ २, बुधबार
किसान साकोस मुलुककै सर्वोत्कृष्ट सहकारी, कुन कुन सहकारी भए उत्कृष्ठ ?

काठमाडौं । किसान बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट मुलुककै सर्वोत्कृष्ट सहकारी हुन सफल भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)ले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट सहकारीको रुपमा घोषणा गरेको हो । त्यसैगरी महिला तर्फ मकवानपुरको महिला जनचेतना साकोस चुरियामाई मुलुककै महिलाहरु सञ्चालित उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ ।

जिल्ला संघमा चित्तवन जिल्ला बचत तथा ऋण सहकारी संघ सर्वोत्कृष्ट सहकारी संघको रुपमा घोषणा भएको छ । त्यसैगरी पूर्वाञ्चलमा हाम्रो साकोस उर्लावारी, मध्यमाञ्चलमा स्रोत परिचालन धादिङ, पश्चिमाञ्चलमा गैंडाकोट, मध्यपश्चिममा विश्वासिलो बर्दिया र सुदुर पश्चिममा जनज्योती कञ्चनपुरलाई विकास क्षेत्रस्तरीय उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित गरेको छ ।

यस वर्षको संस्थापक अध्यक्ष पुरस्कार दोलखाका केशब कार्की र मोरङका पार्वती बराललाई सम्मानित गरिएको छ । नेफ्स्कून सम्मान पुरस्कार मकवानपुरका मेनका दाहाल र काठमाण्डौंका देवेन्द्र अर्याललाई प्रदान गर्ने घोषणा भएको छ । त्यसैगरी नेफ्स्कून विद्धता पुरस्कार रुपन्देहीका डा. खगराज शर्मालाई सम्मान गरिएको छ । शर्माले सहकारीमार्फत गरीवी निवारणमा विद्यावारिधि गरेका हुन् । नेफ्स्कून राइफाइसन क्रेडिट युनियन पुरस्कार आइरिस लिग अफ क्रेडिट युनियन आयरल्याण्डलाई पुरस्कृत गरिएको छ ।

साकोस अभियानका उत्कृष्ट व्यवस्थापकको रुपमा बुडोल काभ्रेका विवेकराज ठकुरी र नेफ्स्कूनका उत्कृष्ट कर्मचारीको रुपमा थलप्रसाद चौलागाई, नेकोस प्लस सफटवेयरतर्फ ज्योती मिर्मिरे सामुहिक साकोस पनौती, अन्तरलगानीमा लालिगुंरास मोरङ, सहकारी सदस्य सुरक्षा योजनामा सहयोगी साकोस सुनसरी र लघुवित्त कार्यक्रमतर्फ सप्तकोशी साकोस सम्मानित गर्ने नेफ्स्कून सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तथा नेफ्स्कूनका निवर्तमान अध्यक्ष मीनराज कंडेलले बताए ।

अभिलेख

लोकप्रिय