नेप्से हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं । पछिल्लो समयमा निरन्तर उकालो लागेको नेप्सेले हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
सात वर्षअघि २०६५ भदौ १५ गते नेप्से परिसूचक ११७५ पुगेको थियो । नेप्से बुधबार निरन्तर उकालो लागेर ११९१.९२ बिन्दुमा पुगेर बन्द भएको हो ।
संविधान निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढेका कारण लगानीकर्ता विश्वस्त भएर पुँजी बजारमा लगानी गरेकाले पनि परिसूचक उच्च बिन्दुमा पुगेको बताइएको छ ।
बजार खुल्दा ११६० मा रहेको नेप्से निरन्तर उकालो लागेको बजार बन्द हुँदासम्म ३१.९९ अङ्कले बढेर इतिहासकै उच्च बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्सेका अनुसार १३९ कम्पनीका १२ लाख २३ हजार १६ सेयर चार हजार ४९७ पटकको कारोबारबाट रु ६६ करोड ७७ लाख नौ हजार १६७ बराबरको कारोबार भएको हो । यसले २.७६ प्रतिशतको परिवर्तन ल्याएको नेप्सेले जनाएको छ ।
आर्थिक वर्ष सुरु भएको पहिलो चारदेखि छ महिनाको अवधिमा निरन्तर सेयर उकालो लाग्ने गरेको छ । ‘क’ वर्गका कम्पनीका प्रतिनिधित्व गर्ने सेन्सेटिभ इन्डेक्स ७.१७ अङ्कले वृद्धि भएर २५९.९५ बिन्दुमा पुगेको छ । यो २.८४ प्रतिशतको परिवर्तन हो ।
सूचीकृत संस्थाले अन्तिम वित्तीय विवरण सार्वजनिक गर्ने समयमा लगानीकर्ता नाफा कमाउने आशमा पनि सेयरको कारोबार आकर्षित हुने गरेका छन् ।
नेप्सेमा वाणिज्य बैंक समूहको परिसूचकमा ३३.३४ अङ्कले, होटल समूहको परिसूचकमा सबैभन्दा बढी १६६.४७ अङ्कले र विकास बैंक समूहको परिसूचकमा ८.४७ अङ्कले वृद्धि भएको छ ।
त्यसैगरी जलविद्युत् समूहको परिसूचकमा ५.७२ अङ्कले, वित्त समूहको परिसूचकमा ७.१७ अङकले, बिमा समूहको परिसूचकमा ९९.४८ अङ्कले, उत्पादनमूलक समूहको परिसूचकमा २५.९४ र अन्य समूहको परिसूचकमा ५.४१ अङ्कले वृद्धि भएको छ ।
पुँजी बजारमा लगानी कर्तामा आएको विश्वासका कारण बजार उकालो लागेको एक ब्रोकरले प्रतिक्रिया दिनुभयो । नेपाल राष्ट्र बैंकले पुँजी कोष वृद्धि गर्ने नीति लिएपछि बजार निरन्तर उकालो लागेको हो ।
नेप्सेका सहप्रवक्ता मुराहरि पराजुलीले नेप्सेमा आएको परिवर्तन टिक्न सक्छ की सक्दैन भन्ने विश्लेषण गरेरमात्र सेयरमा लगानी गर्न सुझाव दिए । बजारमा आएको उत्साहका कारण सात वर्षअघि अप्ठ्यारोमा परेका लगानीकर्ताले राहत महसुस गरेको बुझिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
