सहकारीका हरेक सूचना दिन रष्ट्रिारको निर्देशन, 'सहकारीले सूचना नदिए सूचना आयोगमा उजुरी दिनुस्'
काठमाडौं । सहकारीका हरेक सूचना जनतालाई दिन सहकारी विभागका रष्ट्रिार काशिनाथ मरासिनीले निर्देशन दिएका छन् ।
आम नागरिकको सुचना पाउने अधिकार भएकाले मागेको सूचना दिन सम्पूर्ण डिभिजन सहकारी कार्यालयका प्रमुख र विभागका अधिकारीलाई निर्देशन दिएका हुन् । सहकारी विभागको आयोजनामा राजभानीको भएको ‘सूचनाको हक’ विषयक अभिमुखिकरण गोष्ठीमा बोल्दै रष्ट्रिारले पत्रकार मात्र नभई सम्पूर्ण नागरिकले मागेको सूचना कानुन बमोजिम दिन निर्देशन दिएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना माग्ने नागरिकको मौलीक अधिकार भएकाले मागेको सूचना दिनु पर्ने सहकारी विभागको कर्तव्य भएको बताए ।
‘सहकारी विभाग तथा डिभिजन सहकारी कार्यालयले गरेको निरिक्षणको प्रतिवेदन जनताले मागेमा दिनुपर्छ’, बाँस्कोटाले भने, ‘यदि मागेको सूचना सहकारीका निकायले दिएन भने सूचना आयोगमा उजुरी गर्नुस् ।’
जुन सहकारीमा विकृति, भ्रस्टाचार छ त्यसलाई सहकारी विभागले ढाक छोप नगरि जनता समक्ष सार्वजनिक गर्नु पर्ने उनको भनाई थियो । ‘प्रत्येक सहकारी संघ, संस्थामा सूचना अधिकारी तोक्नुपर्छ’, उनले भने, ‘तीन तीन महिनामा आर्थिक कारोबारको विवरण सार्वजनिक गर्नुपर्छ ।’ जनता तथा पत्रकारलाई सूचना दिदा दुरुपयोग हुने गतल धारण निजामती प्रशासनमा परेको उनले बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का अध्यक्ष डिल्ली सापकोटाले सहकारीका हरेक सूचना सरकारी निकायबाटै लुकाईने गरेको बताए ।
सहकारी विभागले बार्षिक रुपमा उपलब्ध गराउने सहकारीका वित्तिय विवरण लगायतका अन्य तथ्याङ्क समेत विश्वसनिय नरहेको सापकोटाको भनाई थियो । जनताले मागेको हरेक सूचना कानुनले मिल्ने सम्म दिन समेत उनको आग्रह थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
