२१ कात्तिक २०८३, शनिवार

३१ अर्ब सहुलियत ऋण

२०७२ साउन २९, शुक्रबार
३१ अर्ब सहुलियत ऋण

काठमाडौं । विश्व बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रम र अवास पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न ३१ अर्ब सहुलियत ऋण उपलब्ध गराउन सहमत भएको छ ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि विश्व बैंकका निर्देशक जोहानेस जुटले सम्झौतामा हस्ताक्षर गरे ।
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास निगम (आइडिए)ले उपलब्ध गराउने ऋणमध्ये १० करोड बजेटमार्फत खर्च गरिने उल्लेख गरिएको छ ।
अवास पुनःनिर्माण परियोजनाअन्तर्गत पहिलो चरणमा ५५ हजार घर पुनःनिर्माणका लागि उक्त रकम खर्च गरिनेछ । त्यसैगरी दोस्रो चरणमा विपद्को जोखिम गर्ने तयारीका कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ ।

अभिलेख

लोकप्रिय