सहकारी–सहकारी बीच एकता जरुरी
कार्यक्रममा संघका सचिव पन्नालाल महतोले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा सदस्य संस्थालाई सक्रिय गर्ने ?, संघको भवन निर्माण, सहकारीको जोखिम ऋण कसरी न्यून गर्ने ?, सहकारीकर्मीको क्षमता बृद्घि र सबै सहकारीमा कार्यगत एकताका विषयमा केन्द्रीत रहेको थियो । कार्यक्रममा भगवती साकोस रामगढवाले भवन निर्माणको लागि ५ हजार ५१ रुपैंया र श्रीराम साकोस लगडींले १० हजार १ सय १ रुपैंया सहयोग गर्ने घोषणा गरे ।
पर्सा । जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साको आयोजनामा ‘सहकारी एकता, समृद्घि र सुदृढीकरण’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ ।
संघका अध्यक्ष राजेश पंडितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन सहकारी कार्यालय पर्साका राजु प्रसाद साह, संघका उपाध्यक्ष असगर अलि अंसारी, राष्ट्रिय सहकारी बैंक पर्साका प्रबन्धक युराज त्रिपाठी, बिस्को साकोसका गोबिन्द श्रेष्ठ, जय लक्ष्मी साकोसका अध्यक्ष नगनारायण सिंह, भगवती साकोसका रामनिवास देहाती लगायत ७५ वटा सहकारीका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
