२१ कात्तिक २०८३, शनिवार

आमा समुहलाई आदर्श सहकारीको चुरा बनाउने तालिम

२०७२ साउन २८, बिहिबार
आमा समुहलाई आदर्श सहकारीको चुरा बनाउने तालिम

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था बागलुङल देउराली आमा समुहका पदाधिकारी एवं सदस्यहरुलाई सोमबार सिपमुलक तालिम दिएको छ ।

‘हरेक हप्ता आदर्शको सहकारी सप्ताह’ भन्ने मुल नाराका साथ संस्थाले यस बर्षदेखि विभिन्न सिपमुलक एवं व्यवहारीक ज्ञान प्रदान गर्ने निर्यण गरेको थियो । संस्थाको सप्ताहव्यापी अभियान अन्तर्गत आज सिपमुलक चुरामा कडाइ बुनाई तालिम दिएको हो । महिलाहरु पनि आत्मनिर्भर बन्न सकुन भन्ने हेतुले महिलाहरुलाई एक दिने तालिम दिईएको संस्थाका सचिव रामबहादुर जि.सी.ले जानकारी दिए । देशको आर्थिक विकासमा पनि महिलाहरुको भुमीका महत्वपुर्ण हुने भएकाले महिलाहरुले पनि रोजगार पाउनुपर्ने उनको भनाई थियो ।

आमा समुहमा कुनै व्यवसाय सुरुवात गर्नका लागी पुँजी नभएमा आदर्श सहकारीले कम ब्याजदरमा ऋण उपलब्ध गराएर पनि सहयोग गर्न आफुहरु तत्पर रहेको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय