फाइनान्स कम्पनीहरुलाई बचत तथा ऋण सहकारी संस्थाले जित्यो, विकास बैंक अलिकति मात्र ठूला
काठमाडौं । देशभर खुलेका सहकारी संस्थाहरुसँग सर्वसाधारणको कति बचत होला ? सहकारी विभागका अनुसार १३ हजार ४१३ वटा ऋण तथा बचत सहकारी संस्थाहरुसँग सर्वसाधारणको एक खर्ब ३१ अर्ब २९ करोड रपैयाँ बचत छ ।
समूहभित्र निक्षेप र कर्जा प्रवाह गर्ने उद्देश्यले सहकारी संस्थाहरु खुलेपनि राष्ट्र बैंकले लाइसेन्स दिएका वित्तीय संस्थाहरु सरह यसले कारोबार गरेर सर्वसाधारणको बचत बढाएको हो । ठूलो रकम बराबरको बचत परिचालन गर्ने भएपनि यसको भरपर्दो र बलियो नियामक निकाय छैन ।
ग वर्गका वित्तीय संस्थाहरुसँग भन्दा सहकारी संस्थाहरुसँग भएको बचत ५७ प्रतिशतले बढी छ । फाइनान्स कम्पनीहरुसँग जम्मा ७४ अर्ब ३२ करोड रुपैयाँ मात्र निक्षेप छ ।
सहकारीभन्दा केही वढी मात्र विकास बैंकहरुसँग निक्षेप छ । विकास बैंकहरुसँग दुई खर्ब १५ अर्ब ९३ करोड रुपैयाँ निक्षेप छ । राष्ट्रिय स्तरका विकास बैंकभन्दा वढी एउटै सहकारीमा सर्वसाधारणको वढी निक्षेप छ ।
सहकारीले एक खर्ब २१ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकी ख वर्गको विकास बैंकले एक खर्ब ८३ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् भने ग वर्गका फाइनान्स कम्पनीले सहकारीभन्दा कम अर्थात ६८ अर्ब १० करोड रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
विजमाण्डूबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
