२१ कात्तिक २०८३, शनिवार

आठ सहकारी संस्थाको दर्ता खारेज

२०७२ साउन २६, मङ्गलबार
आठ सहकारी संस्थाको दर्ता खारेज

जनकपुरधाम । डिभिजन सहकारी कार्यालय जनकपुरले तोकिएको
मापदण्डअनुसार सञ्चालनमा नरहेका आठवटा सहकारी संस्थाको दर्ता खारेज गरेको
छ ।

आव २०७०/७१ मा दर्ता खारेज भएका सहकारी संस्थाहरुमा महोत्तरीमा पाँच,
सिन्धुलीमा दुई र धनुषामा एक रहेका छन् । विगत दुई वर्षदेखि साधारणसभा
र लेखा परीक्षण नगरेका ती सहकारीको दर्ता खारेज गरिएको कार्यालयका नासु
रामपृत यादवले बताए ।

दर्ता खारेज गरिएका संस्थाहरुमा जनकपुर उपमहानगरपालिका– १० मा रहेको आशा
बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महोत्तरी माईस्थान– ५ को पारिजात
कृषि सहकारी संस्था, महोत्तरी सुन्दरपुरमा रहेको मङ्गलनाथ दूध उत्पादन सहकारी
संस्था, महोत्तरी खेरबन्नी– ३ को कन्तवा दूध उत्पादक संस्था रहेका छन् ।

यसैगरी महोत्तरीको मनौटा– ६ को बनौटा दूध उत्पादन संस्था सहकारी,
महोत्तरीकै खुट्टा पिपररीमा रहेको शक्ति कृषि सहकारी संस्था तथा सिन्धुलीको
कल्पवृक्ष गाविस– ३ र ४ मा रहेको तुलसी वावरी जडीबुटी सहकारी संस्था तथा
फूलकुमारी जडीबुटी सहकारीको समेत दर्ता खारेज गरिएको छ ।

दर्ता खारेज गरिएका ती संस्थाले सहकारी ऐन, २०४८ र सहकारी नियमावली, २०४९
विपरीत काम गरेका कारणले उनीहरुको दर्ता खारेज गरिएको हो । धनुषा,
महोत्तरी र सिन्धुलीमा रहेका कतिपय सहकारी संस्थाले सुपथ मूल्य पसलको नाउँमा
सरकारी अनुदानको रकम लगेर पसल सञ्चालन नभएको गुनासो आएपछि कार्यालयले
अनुगमन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

अभिलेख

लोकप्रिय