२१ कात्तिक २०८३, शनिवार

लायन्स क्लव अफ सिमरा हातेमालो साकोस स्थापना

२०७२ साउन २५, सोमबार
लायन्स क्लव अफ सिमरा हातेमालो साकोस स्थापना

बारा । सिमरास्थित हातेमालोे बचत तथा ऋण सहकारी संस्थाले लायन्स क्लव अफ सिमरा हातेमालो साकोस स्थापना भएको छ ।

वीरगञ्जमा आयोजित संयुक्त पदस्थापन कार्यक्रमवीच लायन्स क्लव अफ सिमरा हातेमालो साकोस स्थापना भएको हो । क्लवलाई लायन्स डिष्ट्रिक्ट काउण्सिलका प्रेसिडेन्ट लायन रमेश अग्रवाल, डिष्ट्रिक्ट गभर्नर लायन डिके ढुंगाना, फस्र्ट भाइस डिष्ट्रिक्ट गभर्नर घनश्याम भट्टराईलगायतले क्लवका पदाधिकारीहरुलाई पदस्थापन गराए ।

लायन्स क्लव अफ जीतपुर सिमराको स्पोन्सरमा स्थापना भएको लायन्स क्लव अफ सिमरा हातेमालो साकोसको आयोजित प्रथम भेलाले बोर्डसमेत गरेको छ । क्लवको चार्टर्ड प्रेसिडेन्टमा कृष्ण पौडेल, फस्र्ट भाइस प्रेसिडेन्टमा सीता गुरुङ, सेकेण्ड भाइस प्रेसिडेन्टमा थिरबहादुर श्रेष्ठ, थर्ड भाइस प्रेसिडेन्टमा यज्ञबहादुर आले, सेक्रेटरीमा दिपक भट्ट, ट्रेजरर क्षेमादेवी अधिकारी, डाइरेक्टरहरु नसिम हुसेन, मञ्जु शर्मा, सुशिला आचार्य र दिनेश पन्त रहेका छन् । क्लवमा हाल २० जना सदस्यहरु रहेका छन् ।

संस्थाको सामाजिक उत्तरदायित्वलाई विस्तार र राष्ट्रिय अन्तरराष्ट्रिय तहमा आवद्धता र सहयोगको आदानप्रदानका लागि लायन्स क्लव ईन्टरनेशनलमा आवद्ध हुने संस्थाको निर्णय मुताविक क्लव स्थापना गरिएको छ ।

लायन्स क्लवमा सहकारी क्षेत्रको प्रवेशले आफुहरुलाई उत्साहित बनाएको क्लवका गभर्नर ढुंगानाले बताए । सहकारी र लायन्स क्लववीच सहकार्यका आधारमा समुदायलाई विभिन्न प्रकारको रचनात्मक क्रियाकलाप गरिने र सामाजिक हितका लागि अघि बढने प्रतिवद्धता चार्टर्ड प्रेसिडेण्ट कृष्ण पौडेलले बताए ।

अभिलेख

लोकप्रिय