२१ कात्तिक २०८३, शनिवार

रुपन्देहीमा सहकारीको लगानी ७ अर्ब, कर्जा अनुत्पादक काममा बढी खर्च

२०७२ साउन २२, शुक्रबार
रुपन्देहीमा सहकारीको लगानी ७ अर्ब, कर्जा अनुत्पादक काममा बढी खर्च

बुटवल । रुपन्देही जिल्लामा सञ्चालित सहकारीहरुले आर्थिक वर्ष २०७१/७२ मा विभिन्न क्षेत्रमा करिब ७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

जिल्लामा विभिन्न प्रकृतिका ६७१ वटा सहकारी सञ्चालनमा रहेका छन् । अघिल्लो आर्थिक वर्षमा जिल्लाका ६५५ सहकारीले ६ अर्ब २३ करोड ५४ लाख रुपैंया“ लगानी गरेका थिए । जिल्लाका सहकारीको ५ अर्ब वचत, १ अर्ब २० करोड सेयर पुँजी, ५० करोड कोष हिसाब रहेको छ । ‘सहकारीहरुले दिएको विवरण अद्यावधिक हुँदैछ, यद्यपी ७ अर्ब भन्दा बढी लगानी भएको अनुमान छ’–डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले भने । रुपन्देहीमा बचत तथा ऋणको काम गर्ने सहकारीको संख्या सबैभन्दा बढी ३६० वटा छन् । जसमा वार्षिक ५ करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने सहकारीको संख्या ५३ वटा रहेको डिभिजन प्रमुख घिमिरेले बताए ।

जिल्लामा १ लाख ४५ हजार जना सहकारीका सेयर सदस्य रहेका छन् । सहकारीका अधिकांश सेयर सदस्यहरुले सहकारीबाट लिने कर्जा घरायासी प्रयोजनका अनुत्पादक काममा खर्च गर्ने गरेको पाइएको डिभिजन प्रमुख घिमिरेले बताए । ‘सहकारीहरुले सेयर सदस्यलाई दिएको कर्जा मुख्यत घरायासी प्रयोजनका अनुत्पादक काममा खर्च गर्ने गरेको पाइएको छ’–घिमिरे भन्छन् –‘कतिपयले घर निर्माण र जग्गा खरिद गरेको पनि पाइन्छ तर उत्पादनमूलक र उद्योगमा लगानी गरेको विरलै भेटिन्छ ।’

डिभिजन सहकारी कार्यालयका अनुसार रुपन्देहीमा कृषि  सहकारी १३२ वटा, दुग्ध उत्पादक सहकारी ५५ वटा, बहुउद्देश्यीय सहकारी ९९ वटा रहेका छन् । यसबाहेक जिल्ला सहकारी संघ एक, विÈयगत सहकारी ४, उपभोक्ता सहकारी २, यातायात सहकारी १, सूचना तथा सञ्चार सहकारी १, कुखुरा, बाख्रा, माछा र पशुपालन सहकारी ४, स्वास्थ्य सहकारी २, विद्युत् सहकारी १, औद्योगिक विकास सहकारी १, जडीबुटी सहकारी २ र अन्य ३ गरी ६७१ वटा सहकारीहरु सञ्चालनमा रहेका छन् । डिभिजन सहकारी कार्यालयले मापदण्ड विपरित सञ्चालन भएका ९२ ओटा सहकारी खारेज गरेको छ भने ६ वटा लिक्विडेसन भएका छन् । अघिल्लो आर्थिक वर्षमात्रै २५ वटा सहकारी खारेज भएका थिए । तोकिएको समयमा लेखा परिक्षण नगर्ने, नियमित साधारण्ँसभा नगर्ने सहकारीहरु खारेज भएका हुन् । कार्यालयका अनुसार हालसम्म बहुउद्देश्यीय सहकारी ४६, कृषि  सहकारी १२, बचत तथा ऋण्ँ सहकारी ४, दुग्ध उत्पादक १६, उपभोक्ता सहकारी ६, यातायात, छापाखाना, कुखुरा, बाख्रा, माछा र पशुपालन सहकारी एक–एक वटा र अन्य ५ वटा गरी कुल ९२ ओटा सहकारी खारेजीमा परेका आजको कारोबार दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय