२१ कात्तिक २०८३, शनिवार

चितवनका २१ सहकारीको दर्ता खारेज, खारेज हुनेमा सबै भन्दा बढी बचत तथा ऋण

२०७२ साउन २२, शुक्रबार
चितवनका २१ सहकारीको दर्ता खारेज, खारेज हुनेमा सबै भन्दा बढी बचत तथा ऋण

चितवन । दुई वर्षदेखि निस्क्रिय रहेका २१ वटा सहकारीलाई सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरले खारेज गरेको छ ।

खारेज भएका सहकारीमा बचत तथा ऋणका छ वटा, दुग्ध उत्पादकका पाँच वटा, कृषिका तीन वटा, बहुउद्देश्यीयका दुई वटा र सामाजिक उद्यमी, उपभोक्ता, जडीबुटी, स्वास्थ्य एवम् विद्युत् वितरणका एक–एक वटा रहेका छन् । कारोबार नियमित नभएका, समयमा लेखा परीक्षण नगरी दुई वर्ष यता निस्क्रिय रहेका २९ वटा सहकारीलाई सहकारी ऐन २०४८ को दफा ४१ अनुसार दर्ता खारेज गरेको सूचना अधिकृत श्रीकृष्ण नेपालले बताए ।

“सम्पर्कमा नआएका सहकारीलाई खारेज गरिएको हो” उनले भने । सो कार्यालयमा ६५८ वटा सहकारी दर्ता भई सञ्चालनमा रहेका छन् ।

अभिलेख

लोकप्रिय