रुपन्देहीमा सहकारीको लगानी ७ अर्ब, कर्जा अनुत्पादक काममा बढी खर्च
बुटवल । रुपन्देही जिल्लामा सञ्चालित सहकारीहरुले आर्थिक वर्ष २०७१/७२ मा विभिन्न क्षेत्रमा करिब ७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
जिल्लामा विभिन्न प्रकृतिका ६७१ वटा सहकारी सञ्चालनमा रहेका छन् । अघिल्लो आर्थिक वर्षमा जिल्लाका ६५५ सहकारीले ६ अर्ब २३ करोड ५४ लाख रुपैंया“ लगानी गरेका थिए । जिल्लाका सहकारीको ५ अर्ब वचत, १ अर्ब २० करोड सेयर पुँजी, ५० करोड कोष हिसाब रहेको छ । ‘सहकारीहरुले दिएको विवरण अद्यावधिक हुँदैछ, यद्यपी ७ अर्ब भन्दा बढी लगानी भएको अनुमान छ’–डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले भने । रुपन्देहीमा बचत तथा ऋणको काम गर्ने सहकारीको संख्या सबैभन्दा बढी ३६० वटा छन् । जसमा वार्षिक ५ करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने सहकारीको संख्या ५३ वटा रहेको डिभिजन प्रमुख घिमिरेले बताए ।
जिल्लामा १ लाख ४५ हजार जना सहकारीका सेयर सदस्य रहेका छन् । सहकारीका अधिकांश सेयर सदस्यहरुले सहकारीबाट लिने कर्जा घरायासी प्रयोजनका अनुत्पादक काममा खर्च गर्ने गरेको पाइएको डिभिजन प्रमुख घिमिरेले बताए । ‘सहकारीहरुले सेयर सदस्यलाई दिएको कर्जा मुख्यत घरायासी प्रयोजनका अनुत्पादक काममा खर्च गर्ने गरेको पाइएको छ’–घिमिरे भन्छन् –‘कतिपयले घर निर्माण र जग्गा खरिद गरेको पनि पाइन्छ तर उत्पादनमूलक र उद्योगमा लगानी गरेको विरलै भेटिन्छ ।’
डिभिजन सहकारी कार्यालयका अनुसार रुपन्देहीमा कृषि सहकारी १३२ वटा, दुग्ध उत्पादक सहकारी ५५ वटा, बहुउद्देश्यीय सहकारी ९९ वटा रहेका छन् । यसबाहेक जिल्ला सहकारी संघ एक, विÈयगत सहकारी ४, उपभोक्ता सहकारी २, यातायात सहकारी १, सूचना तथा सञ्चार सहकारी १, कुखुरा, बाख्रा, माछा र पशुपालन सहकारी ४, स्वास्थ्य सहकारी २, विद्युत् सहकारी १, औद्योगिक विकास सहकारी १, जडीबुटी सहकारी २ र अन्य ३ गरी ६७१ वटा सहकारीहरु सञ्चालनमा रहेका छन् । डिभिजन सहकारी कार्यालयले मापदण्ड विपरित सञ्चालन भएका ९२ ओटा सहकारी खारेज गरेको छ भने ६ वटा लिक्विडेसन भएका छन् । अघिल्लो आर्थिक वर्षमात्रै २५ वटा सहकारी खारेज भएका थिए । तोकिएको समयमा लेखा परिक्षण नगर्ने, नियमित साधारण्ँसभा नगर्ने सहकारीहरु खारेज भएका हुन् । कार्यालयका अनुसार हालसम्म बहुउद्देश्यीय सहकारी ४६, कृषि सहकारी १२, बचत तथा ऋण्ँ सहकारी ४, दुग्ध उत्पादक १६, उपभोक्ता सहकारी ६, यातायात, छापाखाना, कुखुरा, बाख्रा, माछा र पशुपालन सहकारी एक–एक वटा र अन्य ५ वटा गरी कुल ९२ ओटा सहकारी खारेजीमा परेका आजको कारोबार दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
