२१ कात्तिक २०८३, शनिवार

गलगाँड नियन्त्रणका लागि ६ करोड ९० लाख सहयोग

२०७२ साउन २२, शुक्रबार
गलगाँड नियन्त्रणका लागि ६ करोड ९० लाख सहयोग

काठमाडौं । भारत सरकारले आयोडिनको कमीले हुने रोग नियन्त्रण कार्यक्रमको लागि २०१४–१५ मा चुक्ता गर्नुपर्ने सहयोगको बाँकि रकम नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

शुक्रबार भारतीय राजदूत रणजीत रायले एक कार्यक्रमको बीच ५ करोड १७ लाख ५० हजार रुपैंया बराबरको चेक वाणिज्य तथा आपूर्तिमन्त्रीलाई हस्तान्तरण गरे । यसअघि गलगाँड नियन्त्रण कार्यक्रमको रुपमा चिनिने आयोडिनको कमीले लाग्ने रोग नियन्त्रण कार्यक्रमको सम्झौतापत्रमा अगष्ट ३, २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । गलगाँड नियन्त्रण कार्यक्रमको लागि भारत सरकारले १९७३ देखि नै सहयोग प्रदान गर्दैआएको छ ।ranajit 2

यस अन्तर्गत नेपालको साल्ट ट्रेडिङ कर्पाेरेशनलाई १९७३–१९९८, २००४–०७, २००९–१५ सम्म गरी आयोडिनयुक्त नुन, यसको प्याकिङ तथा ढुवानी एवम् प्रचारप्रसार तथा जनचेतनाको लागि अनुदानको रुपमा ७५ करोड ५० लाख रुपैंउा प्रदान गरिसकेको दुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । भारत सरकारद्वारा गरिएको प्रभाव मुल्यांकन प्रतिवेदन अनुसार यस कार्यक्रमले नेपालमा देखिने गलगाँड करिब निर्मुल गर्नुको साथै अन्य आयोडिनका कमिले लाग्ने रोगहरु घटाउन मद्धत गरेको देखिन्छ । यस कार्यक्रमबाट नेपालका ७५ जिल्ला लाभान्वित भएका छन ।

स्वास्थ्य क्षेत्रमा भारत–नेपाल सहयोग अन्तर्गत औषधी तथा चिकित्सा उपकरण आपूर्ति तथा प्राध्यापक सहयोग लगायत धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान जस्ता ठूला अस्पताल निर्माण देखि नेपालका सुदूर गाउँहरुमा समेत स्वास्थ्य चौकीहरु त्था स्वास्थ्य पुर्वाधार विकास भएको छ ।

अभिलेख

लोकप्रिय