बढ्दै छ सहकारीको कारोबार
झापा । जिल्लमामा सञ्चालित सहकारी संस्थाले सात अर्बभन्दा बढी रुपैयाँ बचत गर्न सफल भएका छन् ।
जिल्लामा रहेका ८५४ वटा सहकारी संस्थाले सात अर्ब ३९ करोड ७४ लाख बचत गरेका छन् । १२ अर्ब ६२ करोड ९२ लाख परिचालित पुँजी ती संस्थामा रहेको जनाउँदै एक अर्ब ८७ करोड ८४ लाख सेयर पुँजी, एक अर्ब १९ करोड ५६ लाख कोष र नाफामात्रै ३० करोड ५६ लाख ८० हजार गर्न सहकारी सफल भएका डिभिजन सहकारी संस्था झापाका प्रमुख माधवप्रसाद पोखरेलले जानकारी दिए ।
नौ अर्ब २९ करोड ९० लाख सहकारीमा आबद्ध सदस्यका लागि ऋण लगानी गरिएको छ । सहकारी संस्थाले आव २०७१/७२ मा राज्यलाई आफूले गरेको साँढे ३० करोड नाफाबाट दुई करोड २३ लाख ९९ हजार रुपैयाँ कर तिरेको समेत डिभिजन सहकारी कार्यालयले जनाएको छ ।
जिल्लामा बहुउद्देश्यीय सहकारी संस्था १३२ वटा र बचत तथा ऋण सहकारी संस्था २८९ वटा रहेका छन् । त्यस्तै ३१७ वटा कृषि सहकारी संस्था मध्ये १३६ वटा महिलाद्वारामात्र सञ्चालित सहकारी संस्था रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
