२१ कात्तिक २०८३, शनिवार

प्रवेषाज्ञा आउटसोर्सिङको लागि सम्झौता

२०७२ साउन २१, बिहिबार
प्रवेषाज्ञा आउटसोर्सिङको लागि सम्झौता

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले प्रवेषाज्ञा सेवाको आउटसोर्सिङको लागि नेपाल स्टेट बैंक लिमिटेडसँग नयाँ सम्झौता गरेको छ ।

सेवाग्राहीलाई अझ राम्रो सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सम्झौता गरेको हो । यो सेवा २ सेप्टेम्बर २०१५ बाट सुरु हुने दुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै भिसा प्रोसेसिङ सेवा राजदूतावास नजिकै रहेको कार्यालयबाट सुचारु हुने जनाइएको छ ।

भिसा आवेदन शुल्कमा कुनै परिवर्तन नभए पनि नयाँ सम्झौतानुरुप नेपाल स्टेट बैंक लिमिटेडले प्रत्येक भिसा आवेदन प्रोसेसिङ बापत नेपाली रुपैयाँ पाँच सय शुल्क लिने छ ।

अभिलेख

लोकप्रिय