‘राज खोसिने डरले ऐन, नियम फितलो’
काठमाडौं । सहकारीमा ऐन, नियम फितलो भएका कारण अपराध बढेको सरोकारवालाहरुले बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको ‘सहकारी क्षेत्रको बित्तीय कारोबार कसरी सुरक्षित गर्ने’ भन्ने विषयक सहकारी सम्बाद कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी ऐन २०४८ ले सहकारीको ठूलो कारोबार र अपराधबारे उल्लेख नगरेका कारण सहकारीका ठगी मौलाएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै सहकारी विभागका उप सचिव विष्णु घिमिरेले सहकारी ऐन २०४८ संशोधन हुन नसक्नु राज्यको ठूलो कमजोरी भएको बताए । सहकारी अभियान बाधक भएका कारण पनि सहकारी ऐन संशोधन गर्न एंव सहकारी नियमावली २०४९ संशोधन गर्न नसकिएको बताए । सहकारीकर्मीले सहकारी क्षेत्रमा गर्दै आएको राज खोसिने डरले सहकारीकर्मीले कानुन ल्याउन रोकेको उनको भनाई थियो ।
‘ऐन बनाउँदा आफैलाई डाम्छ भन्ने मानसिकताले केही सहकारीकर्मीले ऐन, नियमावली ल्याउन रोक्ने गरेका छन्, यो अभियानलाई नै घातक छ’ उनले भने । सरकारले २०६८ सालमा सहकारी मापदण्ड लागू गरेपनि मन्त्रीपरिषद्बाट निर्णय गराउन नसकेकाले मापदण्ड अक्षरस पालना गराउन समस्या परेको उनको भनाई थियो । ‘मन्त्रीपरिषद्बाट निर्णय गराएर मापदण्डको ठाउँमा निर्देशिका बनाएको भए प्रभावकारी हुने थियो, त्यसतर्फ ध्यान पुगेन’ उनले भने ।
सहकारी स्वनियमनमा चल्ने संस्था भएपनि सहकारीमा अनुशासन हराउँदै जान थालेकाले सहकारीमा समस्या बढेको घिमिरेले बताए । ‘सहकारी स्वनियमनमा चुके, स्वनियममा ध्यान नदिने सहकारीलाई कडा नियमन गर्न आवश्यक छ’, उनले भने, ‘सहकारी अनुगमन गर्न कानुन नभएकाले अनुगमन प्रभावकारी हुन नसकेको हो ।’
कार्यक्रममा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मिनराज कडेंलले पल्र्स मनिटरिङ मोडेलमा सहकारी सञ्चालन गर्न सके कुनै पनि सहकारी धराशायी नहुने बताए । पल्र्स, पोलिसी र प्यानिङमा सही विश्लेषण गरी सहकारीले कारोबार गर्नुपर्नेमा उनको जोड थियो ।
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारी संख्यात्मक रुपमा बढेपनि गुणात्मकमा चुकेको बताए । ‘हामी वित्तीय क्षेत्रमा जोखिम न्यूनिकरण गर्न सचेत भई कारोबार गर्दै आएका छौं’ उनले भने ।
सहकारीमा देखिएका समस्या समाधानकालागि सहकारी विकास बोर्ड, विभाग र अभियान सम्मिलित छुट्टै संयन्त्र आवश्यक भएको उनको भनाई थियो ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ(नेफ्स्कुन)का उपाध्यक्ष डिवी बस्नेतले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने भएकाले सहकारीलाई सबल खम्बाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारीका नाममा उठाइएको पैसा निजी कम्पनीमा लगाउने गरेकाले सहकारीमा समस्या बढेको बताए । निजी क्षेत्रले सहकारी माथि नउठोस भन्ने चाहेकाले सहकारीले प्रगति गर्न नसकेको उनको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
