साना किसान मनहर्वाको खुद मुनाफा ५० लाख
मनहर्वा । साना किसान कृषि सहकारी संस्था लि.मनहर्वाले गत आर्थिक बर्ष ०७१/०७२ मा ५० लाख खुद मुनाफा गरेको छ ।
संस्थाले ११ करोड ६३ लाख ९ हजार कर्जा लगानी तथा ८ करोड ९४ लाख ८५ हजार असुली गरि उक्त नाफा गर्न सफल भएको हो । त्यस्तै ३ करोड ६८ लाख ६६ हजार निक्षेप संकलन गरेको छ । मनहर्वा र उत्तर झिट्कैया गाविसका करिब २ हजार शेयर सदस्यहरुसँग कारोबार गरिरहेको संस्थाले जनाएको छ ।
१४ बर्ष अगाडि स्थापना भएको संस्थाले आफ्ना सदस्यहरुलाई सहुलियत कृषि ऋण, नविकरणिय उर्जा ऋण, मासुजन्य पशुपालन ऋण र सरसरफाई (चर्पी निर्माण) ऋण दिँदै आएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिए ।
संस्थाले ऋण कारोबारका साथै ब्यवसायिक तालिम,सरसफाई कार्यक्रम सुत्केरीलाई पोष्टीक आहार वितरण, उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार, बृद्धवृद्धा अपाङ्ग तथा एकल महिलाहरुलाई आर्थिक सहयोग गर्ने जस्ता सामाजिक सामुदायिक कामहरु समेत गर्दै आईरहेको छ । त्यसैगरी संस्थाले विपदमा परेका सदस्यहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
